देशभरका विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू आजदेखि खुल्दैछन्।
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढेसँगै बन्द जनस्वास्थ्य र सुरक्षाको मापदण्डको पालना सहित आजदेखि भएका शैक्षिक संस्था र क्रियाकलापहरु संचालन हुने भएको हो।
कोभिड–१९ स्वास्थ्य संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार शैक्षिक संस्थाहरु संचालनमा आउने भएका हुन्।
विद्यालय संचालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा संचालन गर्ने व्यवस्थाका निम्ति गृह र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सीसीएमसीले सिफारिस गरेको थियो।
सीसीएमसीले फागुन १ गतेदेखि शैक्षिक संस्था, रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै संचालन गर्न सिफारिस गरेपनि कास्कीमा रात्रीकालीन व्यबसाय संचालनमा भने रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यलय कास्कीले शुक्रबार आदेश जारी गर्दै अर्को सूचना नभएसम्म संचालनमा रोक लगाएको हो। प्रशासन कार्यलय कास्कीले डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल संचालनमा रोक लगाइएको छ।
त्यसैगरी, खेलकुद कार्यक्रम संचालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी संचालन गर्न सिफारिस गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







