आज २७ औं जनयुद्ध दिवस

- शुभकामना सहित माओवादी घटकलाई एकताबद्ध हुन अध्यक्ष ‘प्रचण्ड’को आह्वान। कास्कीको सबै पालिकाको पार्टी कार्यालयहरुमा जनयुद्धसम्बन्धी कार्यक्रमको आयोजना। सार्वजनिक विदा दिने मधेश प्रदेश सरकारको घोषणा


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित




आज फागुन १ गते अर्थात जनयुद्ध दिवस।

नेकपा माओवादी पक्षधरहरुले विभिन्न कार्यक्रम गरी आज जनयुद्ध दिवस मनाउँदैछन्।

२०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउँदै आएका छन्। २०५२ साल फागुन १ गते तत्कालीन विद्रोही नेकपा माओवादीले संविधानसभाबाट नयाँ संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर नेपालमा शसस्त्र विद्रोहको शुरुवात गरेको थियो।
२०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता गरेपछि शसस्त्र विद्रोह औपचारिक रुपमा अन्त्य भएको थियो।

अध्यक्ष ‘प्रचण्ड’को शुभकामना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसका अवसरमा प्रेस विज्ञप्तिमार्फत शुभकामना दिएका छन्।

शुभकामना मार्फत ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्। २७ औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकताबद्ध हुन ती घटकलाई आह्वान गरेका छन्।

अध्यक्ष दाहालले परिवर्तनका लागि लडेका शक्तिहरू एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गरेका छन्। सन्देशमा भनिएको छ, ‘परिवर्नतकारी क्रान्तिकारी शक्तिबीचको एकता भएमात्रै जनयुद्ध दिवस मनाउनुको अर्थ, महत्व र औचित्य रहन्छ। नेपालको इतिहासमा जनयुद्धको भूमिका दूरगामी महत्वको रहेको छ।

‘नेपाली राजनीतिक र सामाजिक परिवर्तनको इतिहासमा पनि यो मुक्तियुद्धका रूपमा स्थापित भइसकेको छ। जनयुद्धको जगमा सम्पन्न भएको २०६२/०६३ को संयुक्त जनआन्दोलनपश्चात मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा संस्थागत भएको हो। संविधानसभामार्फत नयाँ संविधान निर्माण हुनु र संविधानले मुलुकलाई संघीय गणतन्त्रात्मक शासन प्रणालीका साथै धर्मनिरपेक्ष, समावेशी तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनु पनि जनयुद्धकै योगदान थियो।’

देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरू जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन र परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको जनाउँदै सन्देशमा अध्यक्ष दाहालले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुक–शुभचिन्तक आम जनसमुदायलाई एकताबद्ध भएर सबै खाले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नका लागि अगाडि बढ्न अपिल गरेका छन्।

उनले जनयुद्धमा सहभागी भएका र माओवादी पहिचान बनेका विभाजित माओवादी नेता तथा कार्यकर्ता तथा शान्ति र संविधानको बाटोमा सहकार्य गर्दै आएका सम्पूर्ण शक्तिहरूमा जनयुद्धका उपलब्धि एवं संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र शान्ति सम्झौताको मर्म र भावनाअनुसार अगाडि बढ्न सन्देशमा विशेष अनुरोध गरेका छन्।

उनले परिवर्तनका निम्ति जनयुद्धमा सहभागी भएर प्राणको आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्। उनले जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धा, घाइते योद्धा र उनीहरूका परिवारजनप्रति सन्देशमा सम्मान प्रकट गरेका छन्।

कास्कीमा पनि जननयुद्ध दिवस मनाइँदै

कास्कीमा पनि विविध कार्यक्रम गरी जनयुद्ध दिवस मनाइँदैछ।

नेकपा माओवादी (केन्द्र) ले विविध कार्यक्रम गरी जिल्लाको पार्टी कार्यालयहरुमा जनयुद्ध दिवस मनाउँदै छ।

जनयुद्ध दिवसको स्मरण गर्दै पार्टी कार्यालयहरुमा कार्यकर्ताहरुको भेटघाट र शुभकामना आदान–प्रदानका कार्यक्रमहरुको आयोजना गरेका छन्।
माओवादी केन्द्रका तर्फबाट गण्डकी प्रदेश सांसद दीपक कोइरालाले एभरेस्ट एफएम ९३ मेघाहर्जको बहसमूलक कार्यक्रम ‘पेटबोली’ मा आज बिहान कुराकानी गर्दै उक्त कुरा बताउनु भएको हो।

कोइरालाले जिल्लाको सबै पालिकाहरुको पार्टी कार्यालयहरुमा जनयुद्ध, जनयुद्धका सन्दर्भमा बलिदान गर्ने सहिद तथा बेपत्ता र योगदान दिने घाइते, अपाङ्ग, कार्यकर्ता र शुभचिन्तकहरुको स्मरण गर्ने कार्यक्रम रहेको बताए।

मधेश प्रदेशले जनयुद्धसम्बन्धी विशेष कार्यक्रम मनाइ रहँदा गण्डकी प्रदेश लगायत अन्य प्रदेशले त्यस्तो जनयुद्धको विशेष किन गर्न सकेन भन्ने एफएमको प्रश्नको जिज्ञासामा कोइरालाले भने, ‘जनयुद्धबारे सबै राजनीतिक दलहरुमा एक रुपताको बुझाई नभएका कारण मधेश प्रदेशको जस्तो कार्यक्रम गर्न सकिएन।

जनयुद्ध दिवसलाई विशेष महत्वका आत्मसाथ गरेकोमा उनले मधेश प्रेशलाई धन्यवाद दिएि। जनयुद्ध, मधेश आन्दोलन र संघीयता स्थापनाका लागि मधेश प्रदेशको भूमिका र योगदान विशेष खालको रहेको उनको दाबी थियो।

मधेश प्रदेशमा जनयुद्ध दिवस

मधेश प्रदेशले जनयुद्ध दिवसलाई विशेष महत्व दिएको छ।

जनयुद्ध दिवसको अवसरमा मधेश सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ। मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र सहभागी भएपछि पहिलो पटक २७ औं जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएको हो।

जनयुद्ध दिवसको अवसरमा मधेश भवन परिसरमा एक कार्यक्रम आयोजना गरिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए।

मधेश सरकारले पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वमन्त्री मातृका प्रसाद यादव, मुख्यमन्त्री लालबाबु राउतलगायतका वक्ताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। आइतबार दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने औपचारिक कार्यक्रमको नेपाल टेलिभिजन र रेडियो नेपालबाट समेत प्रत्यक्ष प्रस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।