हिउँ खेल्न गएका लाप्राकका २ किशोर खोँचमा मृत भेटिए


     एभरेस्ट आवाज    
     फागुन २ गते २०७८ मा प्रकाशित




गएको ११ दिनदेखि हराइरहेका गोरखाको बारपाकका २ किशोर मृत भेटिएका छन्।

बारपाक सुलिकोट गाउँपालिका १ बारपाक गाउँका १६ वर्षका करण घले र १६ वर्षकै सञ्जय घले (साइँला) मृत भेटिएका हुन्।

उनीहरू आइतवार बेलुका सुलिकोट वडा नम्बर १ को तिम्रा भन्ने ठाउँको खोँचमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
प्रहरिका अनुसार घटनास्थलको अवस्था हेर्दा उनीहरू हिउँ परेको समयमा डाँडाबाट लडेर खोँचमा पुगी ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका अधिकृतसहितको टोली घटनास्थलतर्फ गएको छ।

करण र सञ्जय गएको माघ २० गते बिहान १० बजेतिर हिउँ खेल्न भन्दै घरबाट लाप्राकतर्फ गएका थिए। उनीहरूका परिवारले माघ २३ गते प्रहरीलाई जानकारी गराएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।