माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित




नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज (बुधबार) बस्दै छ। प्रतिनिधिसभाको बैठकअघि दलको बैठक बस्न लागेको हो।

बिहान १० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको छ। बैठकमा प्रतिनिधिसभा बैठकका कार्यसूचीलगायत विषयमा माओवादी केन्द्रका सांसदले निभाउने भूमिकाबारे छलफल हुनेछ। विशेषगरी अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसीसी र महाअभियोग प्रस्तावबारे बैठकमा निर्णय गरिने बताइएको छ।

आजको संसद् बैठकमा एमसीसी अनुमोदनका लागि टेबल गर्ने तयारी छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।