कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित




प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आज (बुधबार) बस्दैछ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्नेछ। बैठकमा आजको प्रतिनिधिसभा बैठकका कार्यसूची, प्रतिपक्ष दलले गर्दै आएको संसद् अवरोधलगायत विषयमा छलफल हुनेछ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो। कार्यव्यवस्थाको बैठकले संसद् बैठकका कार्यसूचीलाई अन्तिम रूप दिन सक्नेछ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सभामुख सापकोटालाई फोन गरी बैठक बोलाउन आग्रह गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।