प्रतिनिधिसभाको बैठक बस्दै, एमसीसी टेबल हुन सक्ने


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्दैछ।

सभामुख अग्निप्रसाद सापकोटाले दशौँ अधिवेशनको चौथो बैठक दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ। आजको बैठकमा अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी अनुमोदनका लागि टेबल हुन सक्नेछ। यद्यपि, संसद् सचिवालयको सम्भावित कार्यसूचीमा भने एमसीसी समावेश छैन।

तर, प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूले आजको बैठकमा एमसीसी टेबल हुने बताएका छन्। नेपाली काँग्रेसको हिजो बसेको संसदीय दलको बैठकमा देउवाले तत्कालीन नाफा–घाटा नहेरी एमसीसी टेबल गर्ने बताएका थिए।

संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ। त्यसमा पनि संसद् बैठकका कार्यसूचीलगायत विषयमा छलफल हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।