आज फागुन ४ गते अर्थात गण्डकी प्रदेश सरकार स्थापना दिवस।
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै २०७४ फागुन ४ मा गण्डकी प्रदेश सरकारको गठन भएको थियो।
त्यस यता हरेक वर्षको फागुन ४ गते गण्डकी प्रदेश सरकारको आब्हनमा प्रदेशभर सरकार स्थापना दिवस मनाइँदै आएको छ।
प्रदेश सरकार स्थापना दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले आज (बुधबार)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते (बुधबार) दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।
गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ,’ मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ।
२०७४ को माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक प्रदेश सरकारले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको थियो।
२०७४ फागन ४ गते कै दिन मुखयमन्त्री पृथ्वसुब्बा गुरूङले प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष पद तथ गोपनियताको सपथ लिएका थिए।
प्रदेश सरकार स्थापना भएको दिवस अवसरमा विगतको जस्तै औपचारिक कार्यक्रम हुने गण्डकी प्रदेश सरकारले बताएको छ।
सरकारले हालसम्म गरेका महत्वपूर्ण उपलब्धीहरुलाई सार्वजनिक गर्ने कार्यक्रम छ।
गण्डकी प्रदेश सरकारको मन्त्री मण्डलबाट गठन गरिएको सिफारिस समितिको सिफारिसमा प्रदेशभित्रका राम्रा कर्मचारी र उत्कृष्ठ कार्यालयहरुलाई सम्मान गर्ने कार्यक्रम छ।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा १ जनाजाई ‘गण्डकी रत्न’ घोषण गरिनेछ।
हिमालयी भेग तथा दुर्गम क्षेत्रहरूमा विकसित ताररहित प्रविधिको प्रयोगमा योगदान गरेका वैज्ञानिक, शिक्षक, सामाजिक उद्यमी महाबीर पुनलाई पहिलो पटक ‘गण्डकी रत्न’ घोषणा गरिदैँछ।
एभरेस्ट एफएम ९३ मेघाहर्जको अन्तरसंवाद कार्यक्रम ‘पेटबोली’ संग बोल्दै गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले प्रदेश सरकार स्थापना दिवसमा एक जनालाई ‘गण्डकी रत्न’ घोषणा गर्ने बताए।
‘गण्डकी प्रदेशका कम्तिमा ३ जना नेपाल आमाका सन्तानलाई विभूषित गर्ने भन्ने कार्यसूची थियो, त्यसमध्ये एक जनालाई ‘गण्डकी रत्न’को घोषणा गरिदैँछ,’ मन्त्री खड्काले भने, ‘आजका दिन गण्डकी प्रदेशले एक जना गण्डकी रत्न पाउँदैछ।’
गण्डकी रत्नका लागि सम्बन्धित व्यक्तिले आफू ‘गण्डकी रत्न’का लागि आफू योग्य छु भनेर निवेदन दिन पाउने एउटा प्रावधान थियो। त्यस्तै, दोस्रो व्यक्तिले पहिलो व्यक्तिलाई योग्य छ भनि सिफारिसहित निवेदन दिन सक्ने प्रावधान थियो। त्यसैगरि, समिति आफैले पनि कोही, कसै व्यक्तिलाई नामहरु प्रस्तुत गर्न सक्ने प्रावधान थियो।
यसअघि, ‘गण्डकी रत्न’का लागि आवेदन मागिएको थियो। जसमा ८ जनाले ‘गण्डकी रत्न’का लागि ८ जनाको आवेदन परेको थियो। आन्तरिक मामिला मन्त्रालयले माघ ४ मा १५ दिने सूचना जारी गर्दै आवेदन मागेको थियो। आवेदनका लागि कास्कीका ३, लमजुङका १ र तनहूँ र स्याङ्जा २/२ जनाको निवदेन परेको थियो। यसका लागि २६ पुसमा गण्डक प्रदेश मन्त्रिपरिषद् बैठकबाट विशिष्ट व्यक्ति सम्मान गर्ने कार्यविधि २०७८ स्वीकृत गरेको थियो।
के पाउँछन् ‘गण्डकी रत्न’ले ?
‘गण्डकी रत्न’ बाट सम्मानित हुनेले चाँदीको लोगो पाउँछन्। ६.५ सेन्टिमिटरको व्यास भएको गोलो आकारमा बाहिर पहिलो घेरामा ११ जिल्लाको प्रतिकात्मक स्वरूप एघार वटा कमलको पुष्पदल रहने छ।
दोस्रो घेराभित्र माथि ‘गण्डकी प्रदेश सरकार’ र तल ‘गण्डकी रत्न’ लेखिएको हुन्छ। तेस्रो तथा भित्री घेराभित्र नदी (गण्डकी)को उद्गमस्थल एवं गण्डकी प्रदेशको पहिचान स्वरूप हिमाल र त्यसमाथि राष्ट्रिय झण्डा रहने प्रदेश सरकारले जनाएको छ। झण्डा र हिमालको भागमा सुन प्रयोग गरिने छ। यसमा ६.५ ग्राम सुन र १२५ ग्राम चाँदी प्रयोग हुने कार्यविधिमा उल्लेख छ। यसको पछाडिपट्टिको भागमा वितरण गरिने साल उल्लेख गरिएको हुनेछ भने खादा लगाएर सम्मान गरिनेछ।
गण्डकी प्रदेस सरकारको तर्फबाट प्रदान गरिने उक्त ‘गण्डकी रत्न’ प्रदेशकै सांसद बराबरको सम्मान दिने बताइएको छ। ‘गण्डकी रत्न’ विभूषित व्यक्तिलाई सार्वजनिक कार्यक्रममा प्रदेशसभाका सदस्यसरहको मर्यादाक्रम हुनेछ। यसबाहेक प्रदेशभित्रका सरकारी अस्पतालमा निशुल्क उपचार, विमानस्थलको भीआइपी कक्ष उपयोग, सरकारले संचालन गरेको सार्वजनिक सेवाका लागि विशेष प्राथमिकता र संरक्षणविहीन भएमा सरकारले नै उनीहरूको जिम्मा लिनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







