
पोखरा, फागुन ४
मिलिनियम च्यालेञ्ज कर्पोरेस (एमसिसी) विरुद्धको प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा वाईसिएल अध्यक्ष सुमन देवकोटा घाईते भएका छन् । एमसिसी संसदमा टेबल हुने भएपछि त्यसको विरोध बुधबार काठमाडौंको नया बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि भएको झडपमा वाईसिएल अध्यक्ष देवकोटा घाइते भएका हुन् ।

प्रदर्शनका क्रममा उनलाई प्रहरीले लछारपछार गर्दै टाउकोमा लाठीले प्रहार गर्दा उनको टाउकोमा चोट लागेको छ । टाउकोको पछाडि पट्टी एकातर्फ गहिरो र अर्कोतर्फ केहि कम चोट लागेको घाइते वाईसिएल अध्यक्ष देवकोटाले बताए । उनलाई तत्कालै उद्धार गरेर स्वास्थ्य स्वयम्सेवकहरुले उपचार गरेका छन् । आफ्नो टाउकोमा पाँच वटा टाँका लगाएको र अहिले अवस्था सामान्य रहेको अध्यक्ष देवकोटाले बताए ।
माइतीघर मण्डलबाट नया वानेश्वरस्थित संसद भवनतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले रोकेपछि निषेधित क्षेत्र तोड्न खोज्दा उनीमाथि प्रहार गरेको बताइएको छ । उक्त प्रदर्शनका क्रममा सयौं व्यक्ति घाइते भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।