पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा.विले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमवाट १ सय ५ युनिट रगत संकलन भएको छ ।
विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा १४ जना महिला र ९१ जना पुरुषले रक्तदान गरेको उप समितिका सदस्य दिनेश शर्माले जानकारी दिए । कार्यक्रमको पोखरा १६ का वडाध्यक्ष जीवन प्रसाद आचार्यले पहिलो रक्तदाता विद्यालयका पुर्व प्र.अ खिमलाल अधिकारीलाई व्लड व्याग हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष आचार्यले मानव जीवनका लागी सवैभन्दा ठुलो पुण्य काम भनेकै रक्तदान भएको वताउदै, पोखरामा देखिएको रगतको अभावलाई न्युनिकरण गर्न यस्ता काम निरन्तर भैरहनु पर्नेमा जोड दिए । ।
रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा विभिन्न संघ संस्था एवं व्यक्तिले सहयोग गरेका थिए । विद्यालयले हीरक जयन्ती चैत २७ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







