गण्डकी प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १ लाख नजिक


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ४६ जना कोरोना भाइरस संक्रमणमुक्त भएसंगै हालसम्म निको हुनेको संख्या ९९ हजार २ सय पुगेको हो ।

सोही अवधीमा ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका २४२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । बुधबार संक्रमित हुनेमा सबैभन्दा धेरै कास्कीका २८, म्याग्दीका ७, लमजुङका ६, स्याङ्जा र तनहुँका ४ –४ जना, बाग्लुङका ३, पर्वतका २ र नवलपरासीका एक जना छन् । यो सहित हालसम्म प्रदेशमा एक लाख एक हजार ६१९ कोरोना संक्रमित भएका छन् ।

एक हजार ४६१ जनाको संक्रमणबाट मृत्यु भएको छ । अब प्रदेशमा ९५८ जना सक्रिय संक्रमित छन् ती मध्य ९३६ जना होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।