बिहीबार रत्नचोकमा बुस्टर डोज खोप लगाइँदै


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

पोखरा । बिहीबार पोखराको रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्रमा कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा बुस्टर डोज लगाइने भएको छ ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा हुन लागेको खोप अभियानमा यस अगाडी एस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुरा गरेका नागरिकले खोपको अतिरिक्त मात्रा लगाउन महाशाखाले भनेको छ ।

महाशाखाले एक सूचना प्रकाशित गर्दै बुस्टर डोज लगाउन जाँदा अनिवार्यरुपमा खोप कार्ड लिएर आउन आग्रह गरेको छ । एस्ट्राजेनेका र कोभिशिल्ड अतिरिक्त मात्राका रुपमा खोप लगाइने कार्यक्रम रहेको सूचनामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।