बुद्द बिहार टोलमा ने.का. को टोल कमिटी गठन, सभापतिमा बिक्रम उदास


     एभरेस्ट आवाज    
     फागुन ४ गते २०७८ मा प्रकाशित




पोखरा । नेपाली काङ्ग्रेस पोखरा ३ को “घर घरमा काङ्ग्रेस,टोल टोलमा संगठन” अभियान अन्तर्गत टोल कमिटी गठन अभियान जारी छ । सोहि अभियान अन्तर्गत बुधबार बुद्ध विहार र कोपिल ढुंगामा टोल समिति गठन गरिएको छ । गठित टोल समितिको सभापतिमा बिक्रम उदाससहित १६ जना सदस्य निर्वाचित भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नम्बर २ ख का प्रदेश सभापति दिपेन्द्र मर्सानीले टोलमा सकृयतापूर्बक जनमूखि काम गर्न आग्रह गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । टोल कमिटी गठन कार्यक्रममा वडा इकाई सभापति नारायण उदास, ३ नम्बर वडा अध्यक्ष रबिन्द्रबहादुर प्रजु ,जिल्ला प्रतिनिधि टिकाकुमारी गुरुड., मिना पाण्डे लगायतको उपश्थिति थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।