पोखराको रत्नचोकमा आज बुस्टर डोज खोप लगाइँदै


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित




पोखराको रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्रमा आज (बिहीबार) कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा बुस्टर डोज लगाइने भएको छ।

पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाको व्यवस्थापनमा हुन लागेको खोप अभियानमा यस अगाडी एस्ट्राजेनेका, कोभिशिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाएको ६ महिना पूरा गरेका नागरिकले खोपको अतिरिक्त मात्रा लगाउन महाशाखाले भनेको छ।

महाशाखाले एक सूचना प्रकाशित गर्दै बुस्टर डोज लगाउन जाँदा अनिवार्य रुपमा खोप कार्ड लिएर आउन आग्रह गरेको छ। एस्ट्राजेनेका र कोभिशिल्ड अतिरिक्त मात्राका रुपमा खोप लगाइने कार्यक्रम रहेको सूचनामा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।