कोरोना संक्रमणबाट पोखरामा २ जनाको मृत्यु, एकैदिन १३६ जना संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     फागुन ५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । संक्रमणबाट पोखरा – १७ का ८८ वर्षिय वृद्धको गण्डकी मेडिकल कलेजमा र तनहुँको ब्यास नगरपालिका – १२ की ७० वर्षिया वृद्धाको मणिपाल शिक्षणमा उपचारका क्रममा मृत्यु भएको हो । यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ४६३ पुगेको छ ।

सोही अवधीमा १३६ जना कोरोना संक्रमणमुक्त हुँदा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

विभिन्न प्रयोगशालाहरुमा १५५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १०, स्याङ्जा, तनहुँ, लमजुङ र नवलपुर वर्दघाट सुस्ता पूर्वका एक– एक जना छन् ।

यो सहित हालसम्म प्रदेशभर एक लाख एक हजार ६३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्य ९९ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् । प्रदेशमा अव ८३४ जना सक्रिय संक्रमित छन् । ती मध्य ८२२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।