गण्डकी प्रदेशभरका जिल्लास्तरमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय तनहुँ सर्वोत्कृष्ट हुन सफल बनेको छ।
गण्डकी प्रदेश सरकारले डिभिजन वन कार्यालय तनहुँलाई उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत गरेको हो।
प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयहरु मध्ये डिभिजन वन कार्यालय तनहुँ सर्वोत्कृष्ट हुन सफल बनेको हो।
प्रदेश सरकारको चौथो स्थापना दिवसको अवसरमा बुधबार तनहुँको वन कार्यालय उत्कृष्ट भएको घोषणा गरिएको हो।
नमूना कार्यालय मापदण्ड, २०७६ बमोजिम यस वर्षको नमूना कार्यालयको रुपमा डिभिजन वन कार्यालय तनहुँलाई घोषणा गरिएको हो। यो कार्यालय गतवर्ष पनि उत्कृष्ट कार्यालय बन्न सफल बनेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।