गण्डकी प्रदेशमा ३८ जना कोरोना संक्रमित, १४६ जना संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या लगातार बढ्न थालेको छ । प्रदेशमा शुक्रबार ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १४६ जना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलाय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार बिहीबार पनि प्रदेशमा संक्रमितभन्दा निको हुनेको संख्या बढी थियो । बिहीबार प्रदेशमा १५५जना निको हुँदा १४ जना संक्रमित भएका थिए ।

शुक्रबार २६८ जनामा गरिएको परीक्षणमा उनीहरु संक्रमित भएका हुन् । संक्रमित हुनेमा कास्कीका २३, पर्वतका ६, स्याङ्जा र म्याग्दीका ३ – ३ जना, तनहुँका २ र लमजुङका एक जना छन् ।

यो सहित प्रदेशभर हालसम्म एक लाख एक हजार ६७१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ९९ हजार ४८२ जना निको भएका छन् ।
अब प्रदेशमा ७२५ जना आइसोलेसनमा छन् । ति मध्य ७१३ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

सोही अवधीमा कोरोना भाइरस संक्रमणबाट पोखरामा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको रिसिङ गाउँपालिका – ६ की ८२ वर्षिय वृद्धाको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र पोखराका संयोजक नवराज शर्माले जानकारी दिए ।

योसहित प्रदेशमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ४६४ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।