पोखरामा फागुन भोली र पर्सि बुस्टर डोज तथा बालबालिकालाई मोडर्ना खोप लगाइँदै


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७८ मा प्रकाशित




पोखरामा फागुन भोली (आइतबार) र (पर्सि) सोमबार कोरोना विरुद्धको खोप वितरण हुने भएको छ।

दुई स्थानबाट बुष्टर डोज र १५ स्थानबाट बालबालिकालाई मोडर्ना खोप वितरण हुने बताइएको छ। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले सूचना प्रकाशित गर्दै ८ गते ७ स्थानबाट र ९ गते ८ स्थानबाट मोडर्ना खोप वितरण हुने जनाइएको छ।

सूचनाअनुसार स्वास्थ्य चौकी हेमजाबाट ८ र ९ गते तथा शहरी स्वास्थ्य केन्द्र पोखरा १० बाट ८ गते बुष्टर डोज खोप वितरण हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।