विश्वकप ग्लोबल छनोटः नेपाल आज फिलिपिन्ससँग भिड्दै


     एभरेस्ट आवाज    
     फागुन ७ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

आइसीसी टी ट्वान्टी विश्वकप छनोटअन्तर्गत आज (शनिबार) नेपाल फिलिपिन्ससँग भिड्दैछ।

पहिलो खेलमा ओमानलाई हिँजो (शुक्रबार) ३९ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा पनि जितको अपेक्षासहित मैदानमा उत्रन लागेको हो।

नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने फिलिपिन्स जोनाथन हिल्सको कप्तानीमा फिलिपिनी टोली मैदानमा उत्रनेछ।

ब्याटिङमा फितलो प्रदर्शन गरेपनि बलिङमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले हिँजो ओमानलाई हराएको थियो। जितसँगै नेपालले २ अंक जोडेको छ।

नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध फेब्रुअरी २१ मा खेल्ने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।