फाइल तस्विर
लगातारको जितसँगै नेपाल टी(२० विश्वकप छनोट ग्लोवल क्वालिफायरको सेमिफाइनल नजिक पुगेको छ । ओमानमा शनिबार भएको खेलमा फिलिपिन्सलाई १३६ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल सेमीफाइनल नजिक पुगेको हो । नेपालको यो दोश्रो जित हो । यसअघी शुक्रबार नेपालले आयोजक ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
लगातार दोश्रो जित निकालेको नेपाल सेमीफाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा शनिबार भएको खेलमा फिलिपिन्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गर्दै २१८ रन बनाएको थियो । २१९ रनको विशाल लक्ष्य पछ्याएको फिलिपिन्स केवल ९२ रनमा समेटियो ।
दुई खेलबाट चार अंक जोडेर नेपाल समूहको शीर्ष स्थानमा पुगेको छ ।
फिलिपिन्सलाई सस्तैमा समेट्न कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । गुल्सन झा, जितेन्द्र मुखिया, अविनाश बोहोरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १÷१ विकेट हात पारे ।
पहिलो व्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेलले सतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र १ छक्कासहित अविजित १०४ रनको योगदान गरे । उनको यो टी(२० अन्तर्राष्ट्रियमा पहिलो शतक हो । कुशल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १७१ रनको ऐतिहासिक साझेदारी गरे । शनिबारको खेलमा दीपेन्द्रले ८३ रनको योगदान दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







