पोखरामा आइतबार दिउँसो परेको असिना पानीले गाडी चल्न मुश्किल बनाएको छ । आईतबार दिउँसो भिषण परेको असिना, पानी सडकमै रहेपछि पोखरा नया बजार क्षेत्रमा सवारी साधन सञ्चालनमा समस्या परेको हो ।

आवागमनमा असर परेपछि नया बजार क्षेत्रमा जामसमेत भएको छ । जसका कारण सवारी साधन मुश्किलले चलिरहेका छन् भने केहि गाडी बाटोमै फसेका छन् । दुई पाङ्ग्रे सवारी साधनलाई झनै सास्ती भएको छ । सवारी साधन नचल्दा केहि अलपत्रसमेत परेका छन् ।
दिउँसो १ बजेबाट आएको असिनासहितको वर्षाका कारण पोखरामा चिसो महशुस गरिएको छ ।
बिहान केही समय मौसम खुलेपनि दिउँसो १ बजेबाट पानी पर्दा पोखरामा दिउँसै अध्यारो भएको पोखरा – ५ पस्र्याङका ईश्वरसिंह बडालले एभरेस्ट आवाजलाई जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





