फागुण ८,पोखरा
कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा आइतबारदेखि रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ शुरु भएको छ । प्रतियोगिता अन्तर्गत नवप्रवेशी भेट्रान्सतर्फ भिष्मराज पौडेल, रविन गुरुङ्ग, दुर्गा सुनार र राजेश गुरुङ्ग सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रविन गुरुङ्गले विष्णु थापालाई प्रतिस्पर्धात्मक खेलमा २–६, ७–६ र सुपरटाईमा ११–९ ले पराजित गरे । त्यस्तै दुर्गा सुनारले सुजन तिवारीलाई ६–१, ६–२ ले तथा राजेश गुरुङ्गले निर्मल सिल्पकारलाई ६–०, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । भिष्मले वाई पाएर सिधै समिमा प्रवेश पाए । सोमबार हुने सेमिफाइनलमा भिष्मले दुर्गासंग तथा राजेशले रविनसंग प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिता अन्तर्गत सिनियर भेट्रान्सतर्फको खेल मंगलबारदेखि शुरु हुने प्रतियोगिता संयोजक नविन श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,साउन १४जापानको आइची नागोया सहरमा आयोजना हुने २० औँ एसियाली खेलकुदका सहभागी…





