बेगनास फेरोमा बेलायती राजदुतको साइकल यात्रा


     एभरेस्ट आवाज    
     फागुन १० गते २०७८ मा प्रकाशित




पोखरा । नेपाल स्थित बेलायती राजदुत निकोला पोलिटले पोखरा –३१ स्थित बेगनास फेरोमा साइकल यात्रा गरेका हुन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार विहान बेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेका हुन् ।

पोखरा महानगर पालिकाको कार्वन न्यूटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागि हुन पोखरा आएकी उनले कार्यक्रममा सहभागी हुनु पूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोनाका पोखराका संयोजक होमनाथ गैह्रले जानकारी दिए । उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकन सहित साइकल यात्रा गरेकी हुन् ।

पोलिटले आफ्नो साइकल यात्राको बारे अनुभव सुनाउँदै भनिन्, “सोमबारको विहान निकै रमाइलो भयो । माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।” कोभिड १९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भिर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हँुदै र कोरोना संक्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको संख्या बढ्ने विश्वास समेत व्यक्त गरे । उनले भनिन्, “नेपाल भुबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरुको आत्मियता निकै लोभलाग्दो छ । कोरोनाको कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।” उनले नेपालमा धेरै सुन्दर ठाउँहरु रहेको यसको प्रवद्र्धनको आवश्यक रहेको बताइन् ।

उनले पर्यटकलाई साइकल रुटको बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवद्र्धन हुँदै जाने विश्वास व्यक्त गरिन् ।

साइकल सिटि पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिए। राजदुतको साइकल यात्राले यस क्षेत्रको प्रचार प्रसारमा सकारात्मक भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

“उहाँले साइक्लिङको क्रममा हामीसँग निकै रमाइलो अनुभव साट्नु भयो, सुन्दर दृश्यवलोकन सहित उहाँले निकै सकारात्मक सन्देश दिने भिडियो पनि खिच्नु भएको छ । यसले हामीलाई निकै उत्साहित बनायो ।” कोइरालाका अनुसार केही समय अघि बेगनास फेरोमा साइक्लिङ गरेका तस्बिर साइकल सिटी सचिव जय गुरुङले ट्वीटरमा पोष्ट गरेको देखेपछि राजदुतले रुचि देखाएर सो साइकल रुटको बारेमा जानकारी लिएका थिइन्।

सचिव गुरुङका अनुसार साइकल सिटीले पोखरालाई प्रवद्र्धन गर्नको लागि ‘टुर दि पोखरा’ सँगै नयाँ वषर्मा ‘नयाँ ठाउँ एक गन्तब्य’ कार्यक्रमलाई गर्दै आएको छ । पोखरा पर्यटकीय शहर भएकाले साइकल मैत्री शहर बनाउनु पर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानहरुमा साइकल स्टयण्ट राखेको छ ।

त्यसैगरी बाढी पहिरा पीडितदलाई सहयोग , वृक्षारोपण, रक्तादान लगायतका सामाजिक एवम् वातावरण मैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एकसय बढी सदस्य रहेका छन् ।

साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टको लागि पनि काम गर्ने तयारी भएको उनले जानकारी दिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।