आईसीसी टी–२० विश्व वरीयतामा नेपालको २ स्थान तल झरेको छ।
विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा हिँजो (मंगलबार) यूएईसँग पराजित भएसँगै नेपाल विश्व वरीयतामा २ स्थान तल झरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको नयाँ वरीयतामा नेपाल १५ औँ स्थानमा छ। यसअघि, नेपाल १३ औँ स्थानमा थियो। यससँगै नेपाल २ हप्तामै ३ स्थान तल झरेको हो।
यसअघि १२ औं स्थानमा रहेको नेपालले ४ देश सम्मिलित टी–२० श्रृंखलामा यूएई र आयरल्यान्डसँग हार बेहोरेपछि १ स्थान खस्केको थियो। ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले हारेसँगै नेपाल आउँदो अक्टोबर/नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्व कप क्रिकेटमा पुग्न असफल बनेको छ।
नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो। नेपालले विश्वकप छनोटमा तेस्रो स्थानको लागि भोली (बिहीबार) ओमानसँग खेल्नेछ। नयाँ वरीयतामा आयरल्यान्ड १४ औं र स्कटल्यान्ड १३ औं स्थानमा छन्। यूएई भने १२ औं स्थानमा पुगेको छ।
भारत पहिलो, इंग्ल्यान्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन्। त्यस्तै न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं र अष्ट्रेलिया छैटौं स्थानमा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मिजोरम गोर्खा नारी समाजले बिभिन्न कार्यक्रम गरी प्लाटिनम बर्ष समारोह सम्पन्न गरेको…






