म्याग्दीको धवलागिरि गाउँपालिकाले एम्बुलेन्स संचालन गर्ने भएको छ।
भौगोलिक रुपमा विकट उक्त गाउँपालिकाका बासिन्दालाई सहज र सर्वसुलभ रुपमा उपचार दिलाउन एम्बुलेन्स खरिद गरिएको छ।
विभिन्न प्रकृया पूरा गरी भारतबाट भन्सार छुटमा एम्बुलेन्स खरिद गरी कार्यविधि बनाएर संचालनको तयारी गरिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिएकी छन्।
‘बिरामीलाई उपचारका लागि बेनी हुँदै पोखरा लैजान यातायातमा मात्रै ३० हजार रुपैयाँसम्म खर्च हुने गरेको छ’, उनले भनिन्। समयमै सवारीसाधन पाउन मुस्कील हुने गरेको उनको भनाइ छ। समयमै र न्यून शुल्क तिरेर पुग्ने वातावरण सिर्जना गर्न एम्बुलेन्स संचालन गर्न लागिएको पुनले बताइन्।
गाउँपालिकाले काठमाडौँबाट १२ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरेको जनाएको छ। गाउँपालिकाले २ वर्ष अघि एम्बुलेन्स खरिदको प्रकृया अघि बढाएको थियो। कार्यपालिका बैठकमार्फत कार्यविधि निर्माण र समिति गठन गरी गाउँपालिकाको मातहतमा रहने गरी एम्बुलेन्स संचालन गरिने बताइएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







