बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन ‘नेपाल डे’ मनाउने भएको छ।
हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई यस्तो जानकारी गराएका छन्।
यहाँ हाल ७८ देशका नागरिकहरु विभिन्न पदमा कार्यरत छन्। कार्यक्रमलाई सहयोग गर्न हिलिङ्डन अस्पतालमा कार्यरत नेपालीको ‘हिलिङ्डन हस्पिटल नेपाली ग्रुप’ लागिपरेको छ। उक्त समूहमा अस्पतालको जर्सी वार्डमा प्रबन्धक रहेकी रस्मितासिंह दर्लामी, आकस्मिक कक्षमा कार्यरत मणि तामाङ, अञ्जना गुरुङलगायतका नेपालीहरु आवद्ध छन्।
कार्यक्रम व्यवस्थापनको जिम्मा लिएको उक्त समूहका अनुसार सो दिन दिनको १२ बजे अस्पतालको चमेनागृहमा नेपालको राष्ट्रिय गीत बजाएर सुरू गरिने कार्यक्रम छ। र, नेपाली राष्ट्रिय गीतको अंग्रेजी अनुवाद गरेको पर्चासमेत वितरण गरिने भएको छ। नेपाली वेषभूषा झल्किने विभिन्न जातिका पहिरनसहित नेपाली गीत पनि बजाइने समूहकी सदस्य अञ्जना गरूङले बताएकी छन्।
नेपालको भौगोलिक र ऐतिहासिकता झल्काउने विभिन्न पर्यटकीयस्थल समेटिएको श्रव्यदृश्य पनि देखाइने कार्यक्रम छ। यसका साथै अस्पतालको कार्यक्रमस्थलमा नेपाली कला, संगीत तथा अन्य रमणीय स्थानका तस्वीर र नेपाली कला प्रदर्शनी गरिने रस्मितासिंह दर्लालीले जानकारी दिएकी छन्। अस्पतालमा करिब १५० जना नेपालीहरु कार्यरत छन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







