भारतमा थप १५ हजार नयाँ सङ्क्रमित


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित




भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा १५ हजार १०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा कोरोनाकै कारणले २७८ जनाको मृत्यु भएको संघीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या चार करोड २८ लाख ६७ हजार ३१ पुगेको मन्त्रालयको तथ्याङ्क छ ।मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ६४ हजार ५२२ रहेको छ ।

पछिल्लो एक दिनमा ३१ हजार ३७७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल चार करोड २१ लाख ८९ हजार ८८७ जना सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म पाँच लाख १२ हजार ६२२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।