गण्डकी प्रदेशमा कोरोना संक्रमित र निको हुनेको संख्या उस्तै उस्तै


     एभरेस्ट आवाज    
     फागुन ११ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा बुधबार कोरोना संक्रमित हुने र निको हुनेको संख्या उस्तै उस्तै रहेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका २१ जना कोरोना संक्रमित हुँदा २३ जना निको भएका छन् ।

विभिन्न जिल्लाका २४२ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका १२ जना, म्याग्दीका ३, पर्वतका २, तनहुँ, लमजुङ, स्याङ्जा र बाग्लुङका एक–एक जना छन् ।

यो सहित प्रदेशभर हालसम्म संक्रमित हुने संक्रमितको कुल संख्या एक लाख एक हजार ८०३ पुगेको छ । ती मध्य ९९ हजार ९७८ जना कोरोना संक्रमणमुक्त भइसकेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा अब ३६१ जना सक्रिय संक्रमित छन् । तीमध्य ३५० जना होम आएसोलेसनमा रहेको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकीका संयोजक नवराज शर्माले जानकारी दिए ।

हालसम्म प्रदेशमा कोरोना भाइरस संक्रमणबाट एक हजार ४६४ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।