आजै कार्यव्यवस्था परामर्श समितिको पनि बैठक बस्दै


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित




कार्यव्यवस्था परामर्श समितिको बैठक आज (बिहीबार) बस्दैछ।

आजका लागि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।

प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ। त्यो भन्दा अघि सभामुख सापकोटाले परामर्श समितिको बैठक बोलाएका हुन्।

बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्मा छलफलका लागि पेस गर्ने कार्यसूची छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।