प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित




फाईल तस्विर

काठमाण्डौं । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सरकारले कार्य व्यवस्था परामर्श समितिको बैठकमा एक दिन समय मागेपछि बैठक स्थगित गरिएको हो ।

अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफलका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना सूचना जारी गर्दै विशेष कारणले बैठक बस्न नसक्ने भएकाले अर्को बैठक शुक्रबार दिउँसो १ बजेका लागि राखिएको जानकारी गराएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।