तस्बीरः एजेन्सी
पोखरा ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन १३ गते पोखरा आउने भएका छन् । एमाले गण्डकी प्रदेश संगठन कमिटीको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा भाग लिन ओली पोखरा आउन लागेको प्रदेश उपसचिव रश्मी आचार्यले जानकारी दिए ।
उक्त कार्यक्रममा विभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता एमाले प्रवेश गराउने तालिका रहेको आचार्यले बताए । स्थानीय तहको निर्वाचनको पूर्व तयारीका सन्दर्भमा सम्बन्धमा समेत कार्यक्रममा छलफल हुने भएको छ ।
कार्यक्रम पोखरा सभागृहमा दिनको ठिक ११ बजे तय गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाेखरा, १२ साउन । नेपाल रेडक्रस सोसाइटी कास्कीले ६१ औँ रक्तसञ्चार सेवा…





