महेन्द्र जनसहयोगलाई जापानी संस्थाद्वारा झोला सहयोग


     एभरेस्ट आवाज    
     फागुन १२ गते २०७८ मा प्रकाशित




पोखरा । स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित महेन्द्र जनसहयोग आधारभुत विद्यालयलाई जापानको एक संस्थाले झोला सहयोग गरेको छ ।

बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच जापानको पिक एड स्कुल प्रोजेक्ट फाउण्डेसनले विद्यालयमा अध्यनरत १५० जना विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको हो । विद्यालयका पूर्व विद्यार्थी गोदार उपकार थापाको पहलमा पिक एड केन नोगुचीज फाउण्डेशन जापानको एल्पिनिष्ट नोगुची केनद्वारा प्राप्त एक सय ५० थान झोला विद्यार्थीहरुलाई वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले गाउँपालिकामा रहेका विद्यालयहरुको शैक्षिक, भौतिक तथा गुणस्तरिय शिक्षाका लागि पालिकाले कुनै कसर बाँकी नराखेको बताइन् । उनले विद्यालयलाई प्राप्त सहयोगले विद्यार्थीको पठनपाठनमा थप सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । साथै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने जापानी संस्था तथा पूर्वविद्यार्थी थापाप्रति कृतज्ञता व्यक्त गरिन् ।

महेन्द्र जनसहयोग आधारभुत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष बलबहादुर गोदारले संस्थाले विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा पु¥याएको सहयोगको खुलेर प्रशंशा गरे । उनले भने, ‘पहिला विद्यालयको भौतिक संरचनाका कारण विद्यार्थीको त्यत्ति आर्कषणमा पर्न नसकेको विद्यालय जापानी संसथ पिक एड केन नोगुचीज फाउण्डेशनमार्फत प्राप्त सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरमा ठूलो परिवर्तन भएको छ ।’ विद्यालयका पूर्व प्रध्यानाध्यापक समेत रहेका गोदारले आगामी दिनमा पनि विद्यालयले संस्थासंग निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।

संस्थाले ‘पिक एड स्कुल प्रोजेक्ट फाउण्डेशन’ को नाम परिवर्तन गरी ‘उपकार फाउण्डेशन नेपाल’ बनाउन राखेको प्रस्तावलाई सर्वसम्मत रुपमा अनुमोदन गरिएको अध्यक्ष गोदारले जानकारी दिए ।

सो अवसरमा काला भैरब मा.वि. खहरे आधारभुत विद्यालय, सिद्धार्थ मावि र फेदीखोला १ मा रहेको शिवालय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरिएको थियो ।

कार्यक्रममा पुर्व गाविस अध्यक्ष लेखनाथ पराजुली, जनआदर्श माविका पुर्व प्रध्यानाध्यापक उमाकान्त सुवेदी, बृहत फेदीखोला पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष अविलाश गुरुङ, वर्तमान उपाध्यक्ष जगदिश लामिछाने, समाजसेवी पुष्पराज बराल, कलाकार तथा साहित्यकार लालकार्की अन्जान, पत्रकार कृष्ण रानाभाट लगायतले झोला बितरण थिए ।

विद्यालयका अध्यक्ष वलबहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत धर्मदत्त पौडेलले र सञ्चालन प्रधानाध्यापक तारापति सुवेदीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।