मगर दिवसका दिन तनहुँको म्याग्दे गाउँपालिकामा सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७८ मा प्रकाशित




तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका दिन (आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै आगामी फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

आइतबार पालिकाभित्रका संपूर्ण सरकारी कार्यालय संघसंस्था, शिक्षण संस्था बन्द रहने म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले जानकारी दिएकी छिन्।

म्याग्दे गाउँपालिकामा मगर जातिको बसोबास उल्लेख्य छ। मगर जातिको दिवसमा सम्मान स्वरुप बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।