एमसीसीमाथि छलफलका लागि संसद् बैठक बस्दै


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

प्रतिनिधि सभाको बैठक आज (शुक्रबार ) बस्दैछ।

आज दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ।

संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको आजको बैठकको संभावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ।

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने,’ कार्यसूचीमा उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।