गणेशमान, हुमबहादुरसहित जसपाका नेताहरु एमाले फर्किए


     एभरेस्ट आवाज    
     फागुन १३ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन १३

जनता समाजवादी पार्टी (जसपा)का कास्केली नेताहरु नेकपा एमाले प्रवेश गरेका छन् । जसपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज गणेशमान गुरुङसहितका नेताहरु एमाले प्रवेश गरेका हुन् । पुराना एमाले नेता गुरुङ अशोक राईसँगै जनजाति आन्दोलनमा होमिएका थिए । पछि मधेशी जनअधिकार फोरमहुँदै जसपाका नेता बनेका गुरुङ करीब एक दशकपछि आफ्नो पुरानो पार्टी एमाले फर्किएका हुन् ।

गुरुङसँगै एमाले प्रवेश गर्नेहरुमा जसपा केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति ईञ्चार्ज देवीराज गुरुङ (तमु), केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङलगायतका सयौं नेताहरु एमाले प्रवेश गरेका छन् । एमाले प्रवेश गर्ने हुमबहादुर गुरुङ तमुहरुको छाता संस्था तमु धिँ नेपालका केन्द्रीय अध्यक्षसमेत हुन् ।

यसैगरी, गण्डकी प्रदेश उपाध्यक्ष काशीमाया गुरुङ, खड्गबहादुर गुरुङ, लक्ष्मण गुरुङ, किसान विश्वकर्मा, नरबहादुर गुरुङ, जीतबहादुर गुरुङ, गोपालमान गुरुङ, गोपाल गुरुङ, गोले परियार, एकबहादुर गुरुङलगायतका नेताहरुपनि एमाले प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गरेका नेताहरुलाई एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुले पार्टी प्रवेश गराउँदै खादा लगाएर स्वागत गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।