फागुण १३,पोखरा
गोपीबहादुर भट्टराई र राजन पौडेल रेवान पोखरा भेट्रान्स टेनिस उपाधीका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएका रोमाञ्चक सेमिफाइनल खेलहरुमा जित हाँसिल गर्दै राजन र गोपीले उपाधी भिडन्त निश्चित गरेका हुन् ।
पहिलो सेमिफाइनलमा गोपीले धरमबहादुर लामिछानेलाई ६–३, ०–६ र सुपरटाईमा १०–३ ले पराजित गरे । पहिलो सेटमा पराजित धरमले दोश्रो सेट सहज आफ्नों पक्षमा पर्दै खेलमा फर्किने कोषिश गरेपनि तेश्रो सेटमा उनले लय गुमाउन पुगेका थिए । अर्को सेमिफाइनलमा राजनले हुम आलेको कडा चुनौतीलाई पार गर्न सुपर टाईमै पुग्न प¥यो । पहिलो सेट ६–१ को स्कोरमा सहजै आफ्नों गरेका हुमले दोश्रो र तेश्रो सेट गुमाउन पुगे । राजनले दोश्रो सेट ६–४ ले तथा तेश्रो सेट सुपर टाईमा १०–४ ले कब्जा गर्दै खेल आफ्नों पोल्टामा पारे ।
प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






