तस्बीरः एजेन्सी
गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ लाख नाघेको छ।
शुक्रबार प्रदेशमा ४८ जना कोरोना संक्रमणमुक्त भएसँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख १ सय पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
सोही अवधीमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न जिल्लाका १ सय ११ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमा कास्कीका १० र नवलपुर वर्दघाट पूर्वका २ जना छन्। यो सहित हालसम्म कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख १ हजार ८ सय ३६ पुगेको छ।
अव, प्रदेशमा २ सय ७२ जना सक्रिय संक्रमित छन्। तीमध्ये २ सय ६१ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट १ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


समुदायको बिकास सहभागिता उदेश्य राखी स्थापना भएको सराङकाेट बहुउद्देश्यीय सहकारी संस्था को…







