कास्कीका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तरण


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




पोखरा । कास्की जिल्ला क्रिकेट संघले कास्कीको क्रिकेटमा लामो समयदेखि अफिसियलको भूंिमका निर्वाह गर्दै आएका क्रिकेट अफिसियलहरुलाई ज्याकेट हस्तान्तण गरेको छ । संघ कास्कीले शनिबार विहान पोखरा रंगशालामा एक समारोहका विच उनीहरुलाई नौं थान ज्याकेट हस्तान्तरण गरेको हो ।

संघ कास्की उपाध्यक्ष दिपेन्द्र प्रताप चन्दले अफिसियल दिलिप अग्रहरीलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । सामग्री हस्तान्तरण गर्दै उपाध्यक्ष चन्दले उहाँहरुले क्रिकेट क्षेत्रमा अफिसियल पनि महत्वपूर्ण पक्ष भएको औल्याए । साथै संघले छिट्टैनै संघ कास्कीका पदाधिकारीहरुका लागि पनि अफिसियल ज्याकेट हस्तान्तरण गरिने जनाए ।

सो अवसरमा संघका कोषाध्यक्ष बिरेन्द्र पुन, पूर्व कोषाध्यक्ष जिम्मी गुरुङ्ग, कार्यसमिति सदस्य ऋषिकेश सर्मा, गोविन्द प्रधान लगायतको उपस्थित रहेको थियो । पत्रकार विनोद लामिछानेले सहयोग हस्तान्तरण कार्यक्रम सञ्चालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।