स्व . रविन्द्र अधिकारीको स्मृतिमा ‘रविन्द्र स्मृति पत्रकारिता पुरस्कार’ स्थापना


     एभरेस्ट आवाज    
     फागुन १४ गते २०७८ मा प्रकाशित




पोखरा । नेकपा एमालेका नेता तथा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रविन्द्र प्रसाद अधिकारीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना हुने भएको छ ।

अधिकारीको नाममा स्थापना गरिने पुरस्कारको सञ्चालन रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले गर्ने भएको हो । स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा शनिबार पोखरामा आयोजित रबिन्द्र अधिकारी र मिडिया बिषयक अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो ।
प्रतिष्ठानका अध्यक्ष समेत रहेकी एमाले केन्द्रिय सदस्य ,प्रतिनिधि सभा सदस्य एबम स्वर्गीय अधिकारिकी धर्मपत्नी बिद्या भट्टराई अधिकारीले स्व. अधिकारीले विभिन्न क्षेत्रमा पु¥याएको योगदानलाई आम जनतासम्म पु¥याउन महत्वपूर्ण योगदान दिने , विकास र पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान स्वरुप उक्त पुरस्कारबाट पुरस्कृत गरिने जानकारी दिइन ।

यसै वर्षबाट २५ लाख रुपैयाँको अक्षकोष स्थापना गरि अधिकारीको जन्मदिनको अवसर पारेर आगामी बैशाख २२ गते उक्त पुरस्कार प्रदान गरिने जानकारी दिइन् ।

प्रतिष्ठानका महासचिब धनराज आचार्यले तेस्रो स्मृति दिवस यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरि त्रिदिवसिय रुपमा मनाउन लागिएको बताए ।

कार्यक्रममा प्रतिष्ठानका सदस्य दीपेन्द्र श्रेष्ठ, प्रेस स्वतन्त्र सेनानी बद्री बिनोद प्रतीक ,अग्रज पत्रकार पुण्य पौडेल , पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी , प्रतिष्ठानका सदस्य सुष्मा पौडेल लगायतका संचाकर्मीहरुले रबिन्द्र अधिकारीले सञ्चार लगायत विविध क्षेत्रमा पु¥याएकोे योगदानको बारेमा प्रकाश पारेका थिए ।

यसैविच प्रतिष्ठानले भोली स्व. अधिकारीको तेस्रो स्मृति दिवसका सन्दर्भमा आइतबार विहान पोखरा–१८ स्थित विभूती पार्कमा उनको शालिकमा माल्यार्पण कार्यक्रमको आयोजना गरिएको महासचिव आचार्यले बताए । लगत्तै भोलिनै ११ बजे पोखरा उद्योग वाणिज्य संघको सभाहलमा ‘रविन्द्र स्मृती दिवस समारोह’ आयोजना गरिएको उनको बताए । दिवसकै अवसरमा सोमबार पोखराको पृथ्वी नारायण क्याम्पसमा ‘विद्यार्थी राजनिती ,विकास र रविन्द्र अधिकारी’ बिषयमा परिसम्बाद कार्यक्रम सञ्चालन गरिने पनि महासचिव आचार्यले जानकारी दिए ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा २०७५ फागनु १५ गते अधिकारीसहित ७ जनाको निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।