दमौलीको दोभान युवा क्लबले तनहुँ जिल्ला लिग च्याम्पियन बनेको छ।
दोभानले शुक्रबार सम्पन्न फाइनल खेलमा अजम्बरी युवा क्लब बन्दीपुरलाई टाइब्रेकरमा ४–१ ले हराउँदै जिल्ला लिगको उपाधि चुमेको हो।
खेलको निर्धारित समयभित्र दुवै टिमबाट समान १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। दोभान युवा क्लब दमौलीले युवा क्लब भिमादलाई सेमीफाइनलमा हराउँदै फाइनल खेलेको थियो। उता, अजम्बरी युवा क्लब बन्दीपुरले भने खैरेनीटार युवा क्लब खैरेनीलाई पराजित गर्दै फाइनल खेलेको थियो।
लिग विजेता दोभान युवा क्लबले १ लाख नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेको छ। उपविजेता अजम्बरी युवा क्लबले ५० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
पुर्व वनमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, भिमाद नगरपालिकाकी उप–प्रमुख शारदा खनाल, ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, एन्फा तनहुँका अध्यक्ष रत्नकुमार श्रेष्ठ र सचिव ज्योति श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







