गोरखामा विविध कार्यक्रमसहित सहिद सप्ताह सुरु भएको छ।
सहिद सप्ताहको पहिलो दिन गोरखामा अखिल क्रान्तिकारी विद्यार्थी संगठनले आयोजना गरेको रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेको समाचार छ।
क्रान्तिकारीका जिल्ला अध्यक्ष विष्णु पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश इञ्चार्ज हितराज पाण्डे लगायतका नेताहरुको सहभागिता थियो।
पहिलो सहिद रम्तेलको स्मृतिमा अक्षयकोष स्थापना
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका प्रथम सहीद दिलबहादुर रम्तेलको स्मृतिमा अक्षयकोष बनाउने घोषणा गरेका छन्। रम्तेलको स्मृतिमा शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले निश्चित रकम राखेर अक्षय कोष बनाउने घोषणा गरेका हुन्।
२०५२ फागुन १४ गतेका दिन गोरखाको ब्रम्हचारिणी आधारभूत विद्यालयका १४ वर्षिय बालक दिलबहादुर रम्तेलेको प्रहरीले गोली हानी हत्या गरेको थियो। फागुन १४ गतेदेखि २१ गते सम्म शहीद सप्ताह भरी सहिदहरुको सम्मानमा विभिन्न कार्यक्रमको आयोजना गरिदैँ आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







