पर्वतको जलजला–७ स्वास्थ्य शिविरबाट २ सयले निःशुल्क सेवा लिए


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित




पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब २ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।

गाउँपालिकाको स्वास्थ्य शाखासँगको सहकार्यमा अन्तराष्ट्रिय पर्वत समाजले शनिबार एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो।

शिविरमा स्त्रीरोग र दन्तरोग लगायतको स्वास्थ्य परीक्षणबाट सर्वसाधरणहरुले सेवा लिएका हुन्।

शिविरमा एकसय ७५ जना महिला र ४० पुरुषले सेवा लिएको जनाइएको छ। शिविरमा निशुल्क स्वास्थ्य परिक्षण, परामर्श सेवा र औषधि वितरण गरिएको थियो। शिविरमा मल्लाझ, बासखर्क, लेखफाँट, सालिजा, धाइरिङ, बनौ र नागलिङका सर्बसाधरणहरुले सेवा लिएका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।