पोखरा, फागुन १५
पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसीएम)का डेढ सय विद्यार्थी दीक्षित भएका छन् । पिसिएम कलेजमा अध्ययन गरेर स्नातक तह पासआउट भएका १४८ जना विद्यार्थी सोमबार दीक्षित भएका हुन् । पोखराको एक होटलमा आयोजित भव्य कार्यक्रमकाबीच २०१५ ब्याचका ७५, २०१६ ब्याचका ६८ र त्यसअघिका ५ गरी कुल १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।
दीक्षान्त समारोहका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका म्यानेजमेन्ट संकायका डिन सह–प्राध्यापक डाक्टर दयाराज ढकाल र कार्यक्रम का सभापति एवम् कलेज संचालक समिति अध्यक्ष प्राध्यापक डाक्टर टंकनाथ शर्माले विद्यार्थीहरुलाई दीक्षित गरेका थिए ।
दीक्षान्त समारोहमा पोखरा विश्वविद्यालयबाट उपकुलपति पदक प्राप्त गर्न सफल कलेजकी विद्यार्थी विनु श्रेष्ठलाई सम्मानसमेत गरिएको थियो । श्रेष्ठ ३.९९ जिपिए ल्याउँदै पोखरा विश्वविद्यालय अन्तर्गत स्नातक तहमै सर्वोत्कष्ट भएकी थिइन् । यसैगरी उत्कृष्ट अंक ल्याउँदै डिन लिस्टमा पर्न सफल १० जना विद्यार्थीलाई समारोहमा सम्मान गरिएको थियो ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी पोखरा विश्वविद्यालयका म्यानेजमेन्ट संकायका डिन सह–प्राध्यापक डाक्टर दयाराज ढकालले दीक्षित विद्यार्थीबाट राष्ट्रले धेरै आशा गरेको बताए । उनले देश र परिवारले गरेको आशा दीक्षित विद्यार्थीले पूरा गर्नुपर्ने बताए ।
समारोहका सभापति प्रा.डा. टंकनाथ शर्माले दीक्षित विद्यार्थीलाई सिकेका ज्ञान र सीप सदूपयोग गर्न सुझाव दिए ।
दीक्षान्त समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै कामु प्रिन्सिपल लिना श्रेष्ठ नेगीले पोखरा कलेज अफ म्यानेज्मेन्ट गण्डकी प्रदेशको मात्र नभई नेपालमा नै उच्च शिक्षामा विशिष्टिकृत पहिचान दिन सफल भएको बताईन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





