एमालेको प्रतिक्रिया : एमसीसी सम्झौतामाथिको व्याख्यात्मक घोषणाको अर्थ रहन्न


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित




फाइल तस्विर : खगराज अधिकारी, नेता नेकपा (एमाले)

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले प्रतिनिधिसभाको आजको बैठकबाट अनुमोदित ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणाको अर्थ नहुने प्रतिक्रिया दिएको छ ।

बैठकबाट बाहिरिने क्रममा एमालेका नेता खगराज अधिकारीले उक्त व्याख्यालाई सत्ता गठबन्धन कायम राख्ने सन्दर्भमा ल्याइएको टिप्पणी गरे । सो प्रस्ताव पारितका लागि अर्थमन्त्री जनार्दन शर्माले कम्प्याक्टमाथिको व्याख्यात्मक घोषणासहित प्रस्ताव गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।