चैत दोस्रो साता एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड


     एभरेस्ट आवाज    
     फागुन १५ गते २०७८ मा प्रकाशित




काठमाण्डौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने अठारौँ ‘एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७’ आगामी चैत ८ गते हुने भएको छ ।

एनएसजेएफले यसपटक नेपाली खेलकुद क्षेत्रमा इतिहास रचेका एक दशकका खेलाडीलाई सम्मानित गर्ने मञ्चद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसपटक सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड तथा पिपल्स च्वाइस अवार्ड गरी आठ विधामा मनोनयन हुने एनएसजेएफले जनाएको छ ।

दशक अवार्ड भएका कारण सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने यसपटक समावेश गरिएको छैन । दशक खेलाडी पुरुष, महिला तथा प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको आयोजकले जनाएको छ । पारा एथलिट, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड विजेता कार्यक्रमकै दिन घोषणा गरिने आयोजकले जनाएको छ । पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक गरिनेछ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।