प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको ऐतिहासिक प्रथम अधिवेशन फागुन १९ गते (बिहिबार) पोखरामा हुँदैछ।
साइमन पार्टी प्यालेस सिर्जनाचोकमा बिहान १० बजे सुरु हुने अधिवेशनको तयारीलाई तिव्रता बनाइएको छ। प्रदेश अधिवेशनलाई भव्य बनाउन आयोजक समिति निर्माण गरेर कार्य अगाडि बढाइएको छ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाका २ सय ५० जना प्रतिनिधि सहभागी हुनेछन्। गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
२०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन समेत फागुन २७ र २८ गते पोखरामा हुँदैछ। राष्ट्रिय महाधिवेशनको उद्घाटन फागुन २७ गते नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







