पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले देशमा शान्ति विना समृद्धि र विकास गर्न नसकिने बताएका छन् । ८६ औं महाशिवरात्री महोत्सव शिवध्जारोहण एवं शान्ति शोभायात्रा तथा स्नेह मिलन कार्यक्रमको मंगलबार उद्घाटन गर्दै मन्त्रीले उक्त कुरा बताउनु भएको हो ।
ब्रह्मकुमारी इश्वरीय विश्वबिद्यालय पोखराले आयोजना गरेको उक्त कार्यक्रममा वोल्दै मन्त्री बरालले कुनै पनि देशको विकास र समृद्धिको लागि शान्ति हुनुपर्नेमा जोड दिदै देशमा अझै शान्ति स्थापना नसकेको जनाए । उनले भने “ जससम्म हामी हाम्रो मुलुक भित्र शान्ति कायम गर्न सक्दैनौं तवसम्म हामीले राखेका लक्ष्य र उद्धेश्य पूरा गर्न सकिदैन । “”गौतम बुद्धजन्मेको यो मुलुकमा अझै शान्ति स्थापना गर्न नसकिएको मन्त्री बरालले बताए । यस्तै अभियानहरुले समाजमा जागरण गराउने गरेको बताए ।
यस अघि मन्त्री बरालले पोखरा ११ मा निर्माण हुदै गरेको दिव्य शान्ति अनुभुती केन्द्रको समेत अवलोकन गर्दै उक्त भवन निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने बताए । करिब ३० करोडको लागतमा उक्त भवन निर्माण गर्न लागिएको निर्माण समितिका लोकनाथ काफ्लेले बताए ।
कास्कीका प्रखुम जिल्ला अधिकारी जयनारायण आचार्यले ओम शान्तिले समाजमा जागरण गराउदै सकरात्मक सन्देश दिने गरेको बताए । विश्व बिद्यालयकी संस्थापक शोभा दीदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महासचिव शैलेस बराल, सदस्य शिसिर रेग्मी लगायतले बोलेका थिए । पोखरा नयाँबजारबाट सुरु भएको झाँकी सहितको र्याली पोखरा नगर परिक्रममा गरी निर्माण हुदै गरेको केन्द्रकोे सभाहलमा पुगेर समापन भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







