श्रीलंकाले आफ्नो देशमा रहेका रुस र युक्रेनका पर्यटकहरुको भिसाको म्याद थप्ने निर्णय गरेको छ।
उनीहरु अहिले आफ्नो देशमा फर्किने अवस्था नरहेकाले उनीहरुको भिसाको अवधि २ महिना थप गरिएको सरकारी अधिकारीहरुले जनाएका छन्।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अहिले रुस र युक्रेनका बीचमा युद्ध भइरहेको छ। युद्धका कारण युक्रेनमा रहेकाहरु पनि सकेसम्म अन्य देशतर्फ जाने गरेका छन्। सरकारी अधिकारीहरुका अनुसार श्रीलंकामा अहिले रुस र युक्रेनका कुल १५ हजारभन्दा बढी पर्यटक रहेको जनाएका छन्। तीमध्ये ११ हजार ४ सय ६३ जना रुसका पर्यटक छन् भने ३ हजार ९ सय ९३ जना युक्रेनका छन्।
श्रीलंकाको पर्यटन मन्त्रालयको प्रस्तावलाई मन्त्रीपरिषद्ले सोमबार बेलुका पारित गरेको अधिकारीहरुले जनाएका छन्। सरकारको निर्णयबाट लाभान्वित हुने रुस र युक्रेनका पर्यटकले खुशी पनि व्यक्त गरेको समाचारमा जनाइएको छ।
रासस/सिन्ह्वा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







