युक्रेनमा भएको रुसी आक्रमणमा परी एक जना भारतीय विद्यार्थीको ज्यान गएको छ।
युक्रेनको खार्किभमा मंगलबार बिहान भएको रुसी बमबारीमा कर्नाटकका २० वर्षीय नवीन शेखरप्पा ग्यानागौदरको ज्यान गएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
उनी खार्किभ नेसनल मेडिकल युनिभर्सिटीमा चौँथो वर्षमा अध्ययनरत विद्यार्थी थिए। किराना पसलको अगाडि लामबद्ध भएका बेला भएको रुसी आक्रमणमा उनको मृत्यु भएको उनी सँगसँगै होस्टेलमा बस्ने श्रीधरन गोपालकृष्ननले बताएका छन्। नवीनको शवको बारेमा आफूहरूलाई कुनै सूचना नभएको उनको भनाई छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दर्जनौँको मृत्यु भएको खार्किभको आक्रमणलाई युद्ध अपराधको संज्ञा दिएका छन्। खार्किभका गभर्नरले आवासीय क्षेत्रमा बमबारी भएको बताएका थिए।
युक्रेनमाथि रुसी आक्रमणको पहिलो ५ दिनमा ५ हजार ७ सय रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ। यद्यपि, स्वतन्त्र पुष्टि हुन सकेको छैन। यस्तै, उत्तर–पूर्वी सहर ओख्तिर्काको एक सैन्य एकाईमा भएको आक्रमणमा ७० युक्रेनी सैनिकको मृत्यु भएको छ।
साढे ३ सय भन्दा बढी सर्वसाधारणको ज्यान गएको र १ सय बढी बालबालिकासहित १ हजार ६ सय भन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार युद्धका कारण ५ लाख २० हजार भन्दा युक्रेनीले घर छोडेका छन्।
इन्डियन एक्सप्रेस/बीबीसी/अलजजिरा
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







