युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसद्वारा दर्जनौँ सर्वसाधारणको ज्यान जानेगरी खार्किभ सहरमा भएको बमबारीलाई ‘युद्ध अपराध’ को संज्ञा दिएका छन्।
उनले सोमबार युक्रेनकै दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा नियतवश नै सर्वसाधारणमाथि लक्षित गरी हमला भएको दाबी गरेका छन्।अन्तर्राष्ट्रिय मानव अधिकारवादी समूहहरूले पनि रुसको आक्रमणको दौरान युद्ध अपराध भएको हुनसक्ने बताएका छन्।
अन्तर्राष्ट्रिय अपराधिक अदालत (आइसीसी)ले जेलेन्स्कीको यस आरोपलाई लिएरै आफ्नै अनुसन्धान सुरु गर्ने तयारी गरेको छ। सोमबार राति युक्रेनका प्रधान न्यायधीश करिम खानले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्धको अपराध भएको हुनसक्ने तार्किक आधार रहेको विश्वास गर्न सकिने बताएका छन्।
केही दिनअघि युद्ध सुरु गरेको रुसले युक्रेनलाई विभिन्न मोर्चाबाट आक्रमण गरिरहेको छ। तर युक्रेनी फौजको सशक्त प्रतिकारको कारण रुसी फौजको अघि बढ्ने गति मन्द भइरहेको छ।
राजधानी किभको उत्तरी भागबाट रुसी हातहतियारसहित सैनिक चढेको सवारी साधनको ६४ किमि लामो लश्कर अघि बढिरहेको भू–उप्रहबाट खिचिएका तस्बीरहरू सार्वजनिक भएपछि त्यहाँ अहिले आक्रमणको चेतावनी स्वरूप साइरन बज्न थालेको छ।
बीबीसी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







