रिजनल हस्पिटल पोखराद्वारा शिवरात्रीमा इशानेश्वर मन्दिरमा स्वास्थ्य शिविरको आयोजना


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०७८ मा प्रकाशित




पोखरा । लमजुङको इशानेश्वर महादेब मन्दिर करापुटारमा शिबरात्रीको अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५ सय भन्दा बढीले स्वास्थ्य सेवा लिएका छन्।
रिजनल हस्पिटल पोखरा जिरो किलो मिटरको आयोजना तथा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिती र इशानेश्वर हेल्थ पोष्टको समन्वयमा शिबरात्री एकदिने विशेषज्ञ चिकित्सकहरुको उपस्थितिमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो। शिविरमा हस्पिटलका मेडिकल डाइरेक्टर कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा.सरोजचन्द्र दाहाल, कन्सल्टेन्ट फिजिसियन डा.कृष्णराज अधिकारी, मेट्रन प्रमिला श्रेष्ठ, इन्चार्ज बिन्दु कुवॅंर, स्टाफ नर्स सगुन गुरुङ, सुदिप्ता घिमिरे लगायतकाको सहभागिता रहेको रिजनल हस्पिटल प्रा.लि.का प्रबन्धक अर्जुनप्रसाद शर्माले जानकारी दिए ।उनले भोर्लेटार, लमजुंग बासी हाम्रो हेल्थ डेस्क सेवा एक दिनको किन नहोस रिजनल हस्पिटल स्वास्थ्य सेवा प्रदान का लागी सदैव तयार रहेको प्रतिबद्दता पनि ब्यक्त गरे ।
मेट्रन प्रमिला श्रेष्ठले सिटामोल पनि सहज रुपमा पाउन मुश्किल ग्रामिण भेगमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एउटा सानो प्रयास गरेको बताइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।